प्रकशित मिति : ४ माघ २०७७, आईतवार ०८:१९

ABC (क्राईमबिट) काठमाडौं । भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार प्रहरीले बरामद गरेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com