२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खाद्यान्न र खाने तेलको मूल्य बढ्यो

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७

(ABC Sanchar)
काठमाडौं । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको मूल्य बढेको हो ।

भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महिनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए ।

नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए ।

केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् ।

भारतमा धानको समर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए ।

खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालक समेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए ।

रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको खबर आर्थिक अभियान दैनिकमा छ ।

सूर्यमुखी तेल भटमासको तुलनामा प्रतिलिटर १० रुपैयाँ महँगो हुन्छ । तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । कारखाना मूल्यभन्दा उपभोक्ता मूल्य २० प्रतिशतसम्म बढी हुने विक्रेता बताउँछन् ।

अधिकांश स्वदेशी तेल उत्पादकले भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरी प्रशोधन गर्छन् । केही उद्योगले भटमासको दाना आयात गर्छन् । विगतमा प्रतिमेट्रिक टन (मेट) भटमासको अर्ध प्रशोधित तेल ७०० अमेरिकी डलरमा आउनेमा अहिले भारतको कोलकाता बन्दरगाहसम्म आइपुग्दा यसको मूल्य १ हजार १०० डलर पुगेको उद्यमीले बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।