२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

माघको पहिलो साता सञ्चालनमा आउँदै काठमाडौं उपत्यकाका विद्यालयहरु

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७

(ABC Sanchar)
काठमाडौँ । उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिनुभयो । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ ।
गोदावरी नगरपालिकाका शिक्षा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाका विद्यालय आइतबारबाटै सञ्चालनमा आउने जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ । नगरपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि सहज होस् भनेर माध्यमिक विद्यालयलाई २५ हजार, कक्षा आठसम्म सञ्चालन भएका विद्यालयलाई १५ हजार र कक्षा पाँचसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । काठमाडौँ महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन । आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन् । पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ ।
कीर्तिपुर नगरपालिकाले पनि माघको पहिलो सातादेखि विद्यालय सञ्चालनमा ल्याउन निर्देश गरेको नगरका शिक्षा प्रमुख टङ्कलाल गैरेले जानकारी दिनुभयो ।

सावधानी अपनाउन सुझाव
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सङ्क्रमण पूर्ण रूपमा हट्न अझै नसकेको अवस्थामा सावधानीपूर्वक विद्यालय सञ्चालनमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यार्थी–शिक्षक सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ ।
सामाजिक दूरी कायम गरेर पठनपाठन अगाडि बढाउनुपर्ने र यसमा हेलचेक्र्याइँ गर्न नहुने उहाँले बताउनुभयो । विद्यालयको शौचालयबाट सङ्क्रमण सर्ने सबैभन्दा बढी जोखिम भएकाले यसमा सबै चनाखो हुनुपर्ने जनस्वास्थ्यविद् डा. पाण्डे बताउनुहुन्छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!