२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

माघको पहिलो साता सञ्चालनमा आउँदै काठमाडौं उपत्यकाका विद्यालयहरु

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७

(ABC Sanchar)
काठमाडौँ । उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिनुभयो । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ ।
गोदावरी नगरपालिकाका शिक्षा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाका विद्यालय आइतबारबाटै सञ्चालनमा आउने जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ । नगरपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि सहज होस् भनेर माध्यमिक विद्यालयलाई २५ हजार, कक्षा आठसम्म सञ्चालन भएका विद्यालयलाई १५ हजार र कक्षा पाँचसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । काठमाडौँ महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन । आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन् । पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ ।
कीर्तिपुर नगरपालिकाले पनि माघको पहिलो सातादेखि विद्यालय सञ्चालनमा ल्याउन निर्देश गरेको नगरका शिक्षा प्रमुख टङ्कलाल गैरेले जानकारी दिनुभयो ।

सावधानी अपनाउन सुझाव
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सङ्क्रमण पूर्ण रूपमा हट्न अझै नसकेको अवस्थामा सावधानीपूर्वक विद्यालय सञ्चालनमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यार्थी–शिक्षक सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ ।
सामाजिक दूरी कायम गरेर पठनपाठन अगाडि बढाउनुपर्ने र यसमा हेलचेक्र्याइँ गर्न नहुने उहाँले बताउनुभयो । विद्यालयको शौचालयबाट सङ्क्रमण सर्ने सबैभन्दा बढी जोखिम भएकाले यसमा सबै चनाखो हुनुपर्ने जनस्वास्थ्यविद् डा. पाण्डे बताउनुहुन्छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]