२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारी पत्रमा हस्ताक्षर

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७

ABC (क्राईमबिट) काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझदारीपत्र आदानप्रदान समेत गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे । समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

फुटबलको विकासमा योगदान पुर्‍याउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे । नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको स्थापनाले पुलिस स्कुलको उत्कृष्ट फुटबल खेल हेर्न पाइने अभिलाषा पूरा हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताए । नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनीका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको हो ।

एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लवले ए.एफ.सी. कप क्लव लाइसेन्सको लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्डहरु पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त हुनेछ ।

साथै एन्फा, नेपाल पुलिस स्कुल, नेपाल पुलिस क्लव तथा अभिभावकबीच सुमधुर एवं प्रगाढ सम्बन्ध विकास हुनेछ । एकेडेमी स्थापना पछि समग्र व्यवस्थापनको लागि गठन हुने संचालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्नेछ ।

नेपाल पुलिस स्कुल साँगाका कमाण्डेन्ट प्रहरी नायव उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चेयरम्यान लिग कमिटिका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षकहरु, एन्फाका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल साँगाका प्रिन्सिपल लगायतका पदाधिकारीहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!