१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

वैदेशिक रोजगारबाट दुई लाख फर्किदा ४० हजार मात्र जान पाए

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७

 

(ABC Sanchar)
काठमाडौं । खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८२८ जना स्वदेश फर्किसकेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रम स्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी रहेकाे खबर कान्तिपुर दैनिकमा छ ।

साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रुपमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १३ हजार १ स्य ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झण्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।

‘चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि पुनः श्रमस्वीकृति दिन थालेका थियौँ, संस्थागतबाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]