०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

निगमको रक्सौल डिपो बन्द मासिक एक करोड बचत हुने

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

रक्सौल । नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो । जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ ।
मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण रूपमा सञ्चालन भएपछि रक्सौल डिपोको औचित्य समाप्त भएको नेपाल आयल निगमले जनाएको छ । तीन वर्षअघि नै नेपाल र भारतका मन्त्री तथा सचिवस्तरीय बैठकमा रक्सौल डिपो हटाउने सहमति भएको थियो ।
हवाई इन्धन पाइपलाइनबाट ल्याउन नथालिएकाले तत्कालका लागि हवाई इन्धन मात्र रक्सौल डिपोबाट ल्याइनेछ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भन्नुभयो, “पाइपलाइन पूर्ण रूपमा चालू भएपछि रक्सौल डिपोको औचित्य रहेन, पहिल्यै बन्द गर्न खोजिएको थियो तर हामीले पाइपलाइनको पूर्ण सञ्चालन र भण्डार वृद्धि नभएसम्म बन्द गर्न दिएका थिएनौँ । ”
इन्डियन आयल कर्पोरेसनले दुई वर्षदेखि सुरक्षाका कारण उक्त डिपो सञ्चालनमा समस्या भएको जनाएको थियो । नेपाल आयल निगमले आइतबार उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको हो ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीलाई निगमको २ नम्बर प्रादेशिक कार्यालयबाट खरिदको व्यवस्था गरिएको छ । यसअघि रक्सौल नाकाबाट लोड लिएर निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
रक्सौल डिपोबाट कारोबार गर्दै आएका पेट्रोलियम डिलर्स एसोसिएसन, बिक्रेता तथा स्थानीय प्रशासनबीच निगमले स्थानीय तहमै छलफल गरेको थियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म वा इन्डियन आयल कर्पोरेसनले मोतीहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने सम्भावना रहेको निगमले जनाएको छ ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनको समन्वयमा प्रदेश २ प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति भएको छ । गत महिना अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमको रेकर्ड छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!