०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

साझ र बिहान छक तार्न सडक छैउमा ब्यापार गर्नेहरुमाथि नगर प्रहरीको दमन

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

दाङ। घोराही बजारका विभिन्न स्थानहरुमा सडक पेटिमा फलफुल तथा तरकारी विक्री गरेर कयौले आफ्नो साझ विहानको छाक जुटाउने गरेका छन् । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडी, सहिद गेट, बैंक रोड लगाएतका विभिन्न स्थानमा सडक छैउमा फलफुल तथा तरकारी विक्री गर्दै उनिहरुले आफ्नो दैनिकी चलाएका छन् ।

सडक पेटीकै व्यवसायको भरमा जिवन निर्वाह गरिरहेका उनिहरुलाई नगर प्रहरीले वेलावेलामा उठाउने गरेको छ । जस्का कारण व्यवसायीहरुलाई समस्याभएको छ । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडीको सडक छेउमा फलफुल विक्रि गर्दै आउनु शालिकराम भण्डारी भन्नुहुन्छ,–‘हामी माथि नगर प्रहरीले ज्यादती गरेको छ ।

नगर प्रहरीले हामीलाई उठाउछ । नगर प्रहरीको दमन सहदै पनि हामीले यो गर्र्नु हाम्रो रहर होईन बाध्यता हो । त्यसैले हामीलाई उठाउने भन्दा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ घोराही उपमहानगरले सोच्नु पर्छ, उहाँले भन्नु भयो ।

यस्तै घोराहीकै रामसरी सुनारले भन्नु भयो,–‘सबै व्यवसायीहरुले सडक पेटि मिच्ने गरेर आफ्नो व्यवसाय गरेका हुन्छन् । त्यो घोराही उपमहानगरले देख्दैन तर हामीले सडकको त्यत्ति नै भाग ओगट्ने गरेर गरेको व्यापार देख्छ ।
गरिव दुखीलाई सरकारले पनि हेलाको व्यवहार गर्दाे रैछ । बरु हामी भाडा तिर्न तयार छौँ तर हामीलाई बेला बेलामा नगर प्रहरी आउदै र उठाउने काम बन्द गरियोस्,–उहाँले भन्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!