२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

साझ र बिहान छक तार्न सडक छैउमा ब्यापार गर्नेहरुमाथि नगर प्रहरीको दमन

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

दाङ। घोराही बजारका विभिन्न स्थानहरुमा सडक पेटिमा फलफुल तथा तरकारी विक्री गरेर कयौले आफ्नो साझ विहानको छाक जुटाउने गरेका छन् । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडी, सहिद गेट, बैंक रोड लगाएतका विभिन्न स्थानमा सडक छैउमा फलफुल तथा तरकारी विक्री गर्दै उनिहरुले आफ्नो दैनिकी चलाएका छन् ।

सडक पेटीकै व्यवसायको भरमा जिवन निर्वाह गरिरहेका उनिहरुलाई नगर प्रहरीले वेलावेलामा उठाउने गरेको छ । जस्का कारण व्यवसायीहरुलाई समस्याभएको छ । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडीको सडक छेउमा फलफुल विक्रि गर्दै आउनु शालिकराम भण्डारी भन्नुहुन्छ,–‘हामी माथि नगर प्रहरीले ज्यादती गरेको छ ।

नगर प्रहरीले हामीलाई उठाउछ । नगर प्रहरीको दमन सहदै पनि हामीले यो गर्र्नु हाम्रो रहर होईन बाध्यता हो । त्यसैले हामीलाई उठाउने भन्दा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ घोराही उपमहानगरले सोच्नु पर्छ, उहाँले भन्नु भयो ।

यस्तै घोराहीकै रामसरी सुनारले भन्नु भयो,–‘सबै व्यवसायीहरुले सडक पेटि मिच्ने गरेर आफ्नो व्यवसाय गरेका हुन्छन् । त्यो घोराही उपमहानगरले देख्दैन तर हामीले सडकको त्यत्ति नै भाग ओगट्ने गरेर गरेको व्यापार देख्छ ।
गरिव दुखीलाई सरकारले पनि हेलाको व्यवहार गर्दाे रैछ । बरु हामी भाडा तिर्न तयार छौँ तर हामीलाई बेला बेलामा नगर प्रहरी आउदै र उठाउने काम बन्द गरियोस्,–उहाँले भन्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]