२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ललितपुरको चाँगाथलीमा श्रीमान र श्रीमती घरभित्रै मृत अबस्थामा फेला

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घर भित्रै एउटा दम्पति (श्रीमान्–श्रीमती) मृत फेला परेका छन् ।

सप्तरीको राजविराज घर भइ चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल सोमबार घर भित्रै मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार सागर लामो समयदेखि ललितपुरमै बस्दै आएका थिए । मृत भेटिएको चाँगाथलीको फ्ल्याटमा उनीहरु ४ वर्षदेखि बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बब्राचार्यले सागर र निर्मला मृत भेटिएको कोठामा सल्फास नामक विषादीको बट्टा समेत भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा दुवै जनाले आत्महत्या गरेको देखिए पनि अन्य कोणबाट समेत अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । चाँगाथलीमा उनीहरु बुवा–आमासँग बस्दै आएका थिए । तर, शुक्रबार मात्र उनीहरुका बुवाआमा आफन्तकहाँ गएका थिए ।

आइतबार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि बुवाआमाले घरभेटीलाई फोन गरेका थिए । घरभेटीले फ्ल्याटको ढोका खोलेर हेर्दा अस्वभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा कुनै पनि सुसाइट नोट वा मृत्युको कारण खुल्ने कागजात फेला नपरेको जानकारी दिएको छ । घटनास्थलमा पुग्दा मृतक पुरुषको तल्लो शरीरको तल्लो भाग भने अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]