१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप वडाध्यक्षसहित ३ जना प्रहरी घाइते

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

ABC (क्राईमबिट)
रुकुम पश्चिम । आठबिसकोट नगरपालिका-९ राडी बजारमा राजनैतिक पूर्व रिसईवीको कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (प्रचण्ड/माधव समूह)का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवैपक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुङ्गा प्रहार गर्दा ३ जना प्रहरी कर्मचारीहरू घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई गई स्थितिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धानको पहल समेत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]