२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँके ट्राफिकले मापदण्ड बिपरित नदिजन्य बोक्ने ट्याक्टरहरु कार्वाही

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

(महेन्द्र सिंह)
बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले राप्ती नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ बोकेर ल्याउदै गरेका ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर जरिवाना कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको कडा निर्देशनमा अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राले मापदण्ड बिपरित राप्ती नदीबाट क्षमता भन्दा बढी नदिजन्य पदार्थ बोक्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिई बढी भएको माल अनलोड गर्न लगाएको छ। ट्राफिक नियम उल्लंघन गर्दै नियम बिपरित नदिजन्य पदार्थ बोकेर यस पटकलाई अनलोड गर्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ। अहिलेलाई यति गरिएको छ। अब आइन्दा यस्तो कार्य दोहरिएपछि कारबाही गरिने बाँके ट्राफिकले बताएको छ। डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीको पुल हुँदै सोही बाटो नदिजन्य पदार्थ बोकेर आउने ट्याक्टर लगायत टिपरले सडकको अवस्था समेत बेहाल गरिरहेको अवस्थामा बाँके ट्राफिकले यस्ता कार्य गर्ने सवारीसाधनलाई कारबाही गरिने बाँके ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!