
(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जको राँझामा नवनिर्मित प्रहरी भवन बिटको उद्घाटन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्नुभयोको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० कार्यालय तथा स्थानीय र ब्यवसायीहरुको सहयोगमा प्रहरी बिट भवन बनेको हो ।वडा कार्यालयबाट २ लाख र दाता सहयोगीहरुबाट ४ लाख ५० हजार गरी ६ लाख ५० हजार लागतमा भवन बनेको बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।