०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

दाङका कारागार कैदीबन्दीहरुलाई सकारात्मक जीवनशैली प्रशिक्षण

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

 

(सागर थापा)
दाङ । तुलसीपुर कारागारका कैदी बन्दीहरुका लागि तनाव व्यवस्थापन तथा सकारात्मक जीवनशैली विषयक साप्ताहिक प्रशिक्षण एवं मानसिक शान्ति राजयोग अभ्यासको बुधबार समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र कारागार कार्यालय तुलसीपुरको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय दाङको सहकार्यमा साप्ताहिक कार्यक्रम समापन गरिएको हो ।

तुलसीपुर कारागारका जेलर युबराज परियारको सभापतित्व एवं दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यतामा साता व्यापी रुपमा सञ्चालन भएको प्रशिक्षणको समापन गरिएको छ । कार्यक्रममा ब्रह्माकुमारी राप्ती क्षेत्रका प्रमुख राजयोगिनी गीता दिदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दको विशिष्ट आतिथ्यतामा
सो कार्यक्रममा बोल्ने वक्ताहरुले जीवन र जहत, सृजनशीलता, विचार र व्यवहार कैदी नबनोस, बिगतको गल्ती कमी कमजोरीलाई शिक्षा लिदै वर्तमानमा रमाउन सिकौ, तनावलाई सही तरिकाले व्यवस्थापन गर्दै जीवन जगतलाई बुझ्दै शरीरको स्वस्थतासंगै मनको एकाग्रता र सकारात्मक सोचको आवश्यकता माथी जोड दिएका थिए ।

करिब २५० जना कैदीबन्दीको सहभागीता रहेको एक हप्ते शिविरमा सकारात्मक सोच, स्वस्थ जीवनशैली, व्यवहारमा कुशलता, मानसिक स्वास्थ्य, खुशी एक कला र भावनात्मक परिवर्तन जस्ता गहन सन्दर्भमा प्रशिक्षण केन्द्रीत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!