२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङका कारागार कैदीबन्दीहरुलाई सकारात्मक जीवनशैली प्रशिक्षण

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

 

(सागर थापा)
दाङ । तुलसीपुर कारागारका कैदी बन्दीहरुका लागि तनाव व्यवस्थापन तथा सकारात्मक जीवनशैली विषयक साप्ताहिक प्रशिक्षण एवं मानसिक शान्ति राजयोग अभ्यासको बुधबार समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र कारागार कार्यालय तुलसीपुरको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय दाङको सहकार्यमा साप्ताहिक कार्यक्रम समापन गरिएको हो ।

तुलसीपुर कारागारका जेलर युबराज परियारको सभापतित्व एवं दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यतामा साता व्यापी रुपमा सञ्चालन भएको प्रशिक्षणको समापन गरिएको छ । कार्यक्रममा ब्रह्माकुमारी राप्ती क्षेत्रका प्रमुख राजयोगिनी गीता दिदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दको विशिष्ट आतिथ्यतामा
सो कार्यक्रममा बोल्ने वक्ताहरुले जीवन र जहत, सृजनशीलता, विचार र व्यवहार कैदी नबनोस, बिगतको गल्ती कमी कमजोरीलाई शिक्षा लिदै वर्तमानमा रमाउन सिकौ, तनावलाई सही तरिकाले व्यवस्थापन गर्दै जीवन जगतलाई बुझ्दै शरीरको स्वस्थतासंगै मनको एकाग्रता र सकारात्मक सोचको आवश्यकता माथी जोड दिएका थिए ।

करिब २५० जना कैदीबन्दीको सहभागीता रहेको एक हप्ते शिविरमा सकारात्मक सोच, स्वस्थ जीवनशैली, व्यवहारमा कुशलता, मानसिक स्वास्थ्य, खुशी एक कला र भावनात्मक परिवर्तन जस्ता गहन सन्दर्भमा प्रशिक्षण केन्द्रीत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]