२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार रवि लामिछानेले न्युज २४ टिभी छाडे

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC Sanchar
काठमाडों । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु…
लामिछानेले आफ्नो कार्यक्रममा जनचासोका बिषय समावेश गर्ने भएकाले उनको कार्यक्रम युवा पुस्ता माँझ लोकप्रिय थियो।

न्युज २४ टिभीमा करिब ५ बर्ष अघि आवद्ध भएका लामीछाने सो टेलिभिजनमा कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।

उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

सिधा कुरा जनतासँग कार्यक्रम चलाउने क्रममा लामीछानेले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए।

२०७६ मा पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछाने पक्राउ समेत परेका थिए।

आरोप पुष्टि नभएपछि उनलाई मा अदालतले सफाइ दिएको थियो।

लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!