२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रदेश २ को गाउँ र शहरमा शीतलहरबाट बच्न आगो बाल्दै DIG : सिंह

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC (क्राईमबिट)
जनताको जनधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको प्रहरी यतिबेला आगो बाल्न व्यस्त छ । प्रदेश २ को गाउँ देखि सहरमा पुगेर दाउरा पु¥याएर आगो बालिरहेको छ ।

माघ सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ।

गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल। प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ। शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढेर जनजीवन प्रभावित भएसंगै प्रहरीले ठाउँ–ठाउँमा आगो बालेर सामूहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ वटै जिल्लामा आगो बालेर सर्वसाधारणहरुको लागि आगो ताप्ने व्यवस्था मिलाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरजप्रताप सिंहले बताए ।
चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुति गराउन २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आफू मातहत ८ वटै जिल्ला प्रहरी प्रमुखलाई स्थानीय चोक तथा ग्रामीण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको डीआईजी सिंहले जानकारी दिए ।
प्रदेश २ को ८ वटै जिल्लामा काठका मुढा तथा दाउराहरु बालिएको छ । केही दिनदेखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शीतलहर बढेसँगै आवतजावतमा समस्या भएको छ ।

हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् ।
चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन अनुरोध गर्दै प्रदेश २ प्रहरीले मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!