२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँः उपेन्द्र यादव

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गर्नुभयो ।

कोभिड–१९ का कारण रु साढे ६ खर्बको नोक्सान बेहोरेको अर्थतन्त्रले चुनावका लागि थप रु २० अर्ब खर्च धान्न नसक्ने अवस्थामा निर्वाचनमा जाने निर्णय गलत भएको पूर्वउपप्रधानमन्त्री यादवले बताउनुभयो ।

सो अवसरमा जसपाका नेता राजेन्द्र महतोले नेपाल–भारत सीमा अवरुद्ध गरेर मात्र कोरोना नरोकिने बताउनुभयो । विरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गर्नुभयो ।

गाउँगाउँबाट नाराबाजी गर्दै आएको जुलुसले आमसभाअघि राजविराज नगर परिक्रमा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।