२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्युठानमा नेपाली सेनाले बनायो सुबिधा सम्पन्न वाटर फाउन्टेन

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७


(सागर थापा)
प्युठान । नेपाली सेनाले प्यूठानमा सुविधा सम्पन्न पानीको फोहरा –वाटर फाउन्टेन बनाएको छ । नेपाली सेनाको इन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका –२ मा वाटर फाउन्टेन बनाएर स्थानीयलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख रुपियाँ लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्यूठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिनुभयो । ‘ यस्ले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो ।

मन्दिर आउजाउ गर्दा दर्शनार्थीहरुले यस्लाई मनोरञ्जन तथा विश्रामस्थलको रुपमा उपयोग गर्न सक्ने थापाको भनाइ छ । वाटर फाउन्टेनको बुधबार नेपाली सेनाका सहायकरथी, १९ नम्बर बाहिनीपति मदन कुमार केसीले उद्घाटन गर्नुभयो ।

सो अबसरमा बोल्दै उहाले यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । करिब ३५ रोपनी क्षेत्रफल जग्गामा फैलिएको उक्त फाउन्टेन डिभिजन बन कार्यालयसँगको सहकार्यमा पानीको फोहरा, प्रवेश गेट, सडक लगायतका संरचना निर्माण गरिएको नेपाली सेनाले जनाएको हो । सलिमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!