२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङका सुरक्षा प्रमुखहरु नेपाल भारत सीमाक्षेत्रको अनुगमनमा

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

ABC (क्राईमबिट)
दाङ । जिल्लाको दक्षिणक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको राजपुर गाउँपालिकाको ७ नम्बर वडामा पर्ने भैसाहीनाका र भौवा नाको सिमाना अनुगमन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी टोपबहादुर खनाल, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, दाङका सेनानी प्रमुख विजय बस्नेत, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टराई लगाएतको संयुक्त सुरक्षा प्रमुखहरुले सिमा क्षेत्रको अवलोकन गर्नुभएको हो सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

भारतसंग सिमा जोडिएको र विकासको दृष्टिकोण पछाडी परेको नाका क्षेत्रमा अबैध गतिविधि हुन नदिन समय समयमा जिल्ल सुरक्षा प्रमुख सहितको टोलीबाट नाका क्षेत्रको अनुगमन हुने गर्दछ । प्रमुख जिल्ला अधिकारी आचार्यले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरण गर्न अनुगमन गरिएको जानकारी दिनुभयोे ।
स्थानीयबाट पनि सिमा स्तम्भव लगायतका विषय उठाइरहनुहुन्छ, नाका क्षेत्रमा सुरक्षा सर्तकता लगायतको विषय लाई लिएर अनुमगन गरेका हौ । दाङमा नेपाल–भारत सीमा क्षेत्र ७७ वटा सिमा स्तम्भ रहेका छन् ।

सीमा स्तम्भ आसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाइएको हो ।

नेपाल–भारत सीमा क्षेत्र ७७ वटा सिमा स्तम्भ रहेका छन् । सीमा स्तम्भ आसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एपि टोपबहादुर खनालले बताउनुभयो ।

वडास्तरिय सेवा लिनबाट बञ्चित भारतसँग जोडिएको दाङको नाकाबासीले वडास्तरिय सेवा लिनबाट बञ्चित परेको गुनासो पोखेका छन् । सिमाक्षेत्रमा बसोबास गर्ने नाकाबासीहरू वडा कार्यालय सम्म जाने गतिलो बाटाघाट नहुदा कैयौं वडास्तरिय सेवा लिनबाट आफुहरू बञ्चित हुनुपरेको गुनासो सुनाउनुभयो । ‘वडा कार्यालय सिक्टामा छ ।

भैसाहीँनाका देखि वडा कार्यालय सम्म अठार किलोमिटर दुरि रहेको छ । उक्त बाटो वर्षायाममा हिन्ने मान हुदैन, स्थानीय पूर्ण रोकाले भन्नुभयो,–। ‘गतिलो बाटाघाटा नभएकै कारण हामी नाकाबासी वडाबाट पाउने विभिन्न सेवा लिनबाट छुट्ने गरेका छौँ ।’ यता भौवानाका निवासी श्याम झाक्रिले नाकालाई एउटै वडा बनाउन माग गर्नुभयो ।
वडास्तरिय सेवा लिन बञ्चित नाकाबासीहरूले वितेको तिनवर्ष यता वडाबाट पाउन पर्ने सेवा नपाएको गुनासो नागरिकले सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]