२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

झापाका १५ वटै स्थानीय तह झलमल बल्न समृद्ध बन्दै

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
झापा । तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् ।

गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका कारण बजारमा राति अबेरसम्म नै भीडभाड हुने गरेको हो ।

दिउँसो अफिसको कामले नभ्याएका साँझपख किनमेल गर्न निस्कने परिपाटी बढेपछि साँझ नपर्दै सुनसान हुने झापाका ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका बजारसमेत अहिले राति अबेरसम्म खुल्दै आएका छन् ।

अझ बिहानको समयमा ‘मर्निङ वाक’ मा निस्कनेहरुका लागि त सौर्यबत्ती वरदान नै सावित भएको छ ।

अँध्यारै सडक पेटीमा मर्निङ वाक हिँड्दा सवारीले ठक्कर देला र मरिएला भन्ने पिरोलो समेत हराएको बिर्तामोड–२ चारपानेका स्थानीयवासी मदनगोपाल सुब्बा बताउँछन् ।

‘मर्निङ वाकमा निस्कने मेरो बानी छ’, उनले भने, ‘म १० औं वर्षदेखि मर्निङ वाकमा निस्कँदै आएको छु, हिजो अँध्यारोमा नै हिँडिन्थ्यो, आज चोकचोक र गल्ली गल्ली सौर्यबत्तीका कारण झलमल हुन्छन्, हिँड्नलाई कुनै डर छैन ।’

उनका अनुसार साँझ नपर्दै सुनसान र बिहान अबेर मात्रै सडकमा मानिसको चहलपहल देखिने झापाका ग्रामीण क्षेत्रका बजार र सडकमा समेत अहिले उज्यालोकै कारण राति अबेर र बिहान सबेरै चहलपहल देख्न पाइन्छ ।

शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका बजार र सडक सफा भएका कारण गाउँगाउँमा अहिले मर्निङ वाकको लहरै आएको छ ।

स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले आ– आफ्नो ठाउँको विकासमा चासो राख्दै गाउँका बजारलाई स्मार्ट सिटी, धुलौटे सडकलाई कलोपत्रे, सडक पेटीमा सौर्यबत्ती जडान गरेकै कारण झापाका शहरी र ग्रामीण क्षेत्रका बजारसमेत चम्किएको देख्न सकिन्छ ।

‘तीन वर्षअघि म विदेश (दुवई) जाँदा यहाँ केहीको सुविधा थिएन’, बाह्रदशी गाउँपालिका–१ बोक्राझाडीका कृष्ण घिमिरे ‘प्यासी’ ले भने, ‘अहिले राजगढ बजार साँझपख त धपक्कै बल्दो रहेछ ।

गाउँपालिकाले स्मार्ट सिटीको अवधारण अगाडि बढाएर सबै सडक कालोपत्रे, स्थानीयको सक्रियतामा ठूला–ठूला सपिङ मल, उद्योगधन्दा खोलिनु र साँझ पर्दै जाँदा बजारमा देखिने झिलिमिली बत्तीले यहाँको स्वरूप नै बदलिएछ ।’

तीन वर्षअघि उहाँको गाउँमा बिजुली बत्ती पुगेको थिएन । ‘कुपी (मट्टितेल र सलेदोको सहायताले बालिने बत्ती) बालेर बस्नु पथ्र्यो तर अहिले घरघरमा बिजुली पुगेको छ । विदेशमा हुँदै सुनेको थिएँ गाउँपालिकाले उज्यालो बाह्रदशी भन्ने अभियान चलाएको छ, हो रहेछ’, घिमिरेले भने, ‘बाह्रदशीका सबै वडामा अहिले विद्युतको पहुँच पुगेको छ ।’

त्यसो त बाह्रदशी गाउँपालिकाले करोडौँ रुपैयाँ खर्च गर्दै पहिलो वर्ष नै बाह्रदशीलाई उज्यालो बनाउने योजना अघि सारेको थियो । सोही योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै बाह्रदशीका सातवटै वडामा विद्युत् विस्तार गरिएको हो ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार गाउँपालिका गठन भएपछि पहिलो र दोस्रो वर्ष बाह्रदशीमा विद्युत् विस्तारका लागि एक–एक करोड रुपैयाँ खर्च गर्दै विद्युत् विस्तारको पहल थालिएको थियो । प्राधिकरणसँगको सहयोगमा गरिएको विद्युत् विस्तारका कारण दुई वर्षमा सबै वडावासीलाई उज्यालोमा राख्न सकिएको उनको भनाइ छ ।

विकासको दृष्टिकोणले पछि परेको बाह्रदशीमा अहिले मुलुक सङ्घीय संरचनामा गएपछि विकासले फड्को मारेको छ । गाउँपालिकाभित्र रहेका सबैजसो धुलौटे सडक कालोपत्रे गरिनु, गाउँमै १५ शैंयाको अस्पताल निर्माणको काम शुरु हुनु, सात वटै वडामा प्राथमिक स्वास्थ्यचौकीको निर्माण हुनु, गाउँमै बर्थिङ सेन्टरको सुविधा, विपन्न परिवारका लागि छुट्टै र चिटिक्क परेको बस्ती बसाल्न सक्नु, पक्की पुल, झोलुङ्गे पुल, कजवे र आवश्यक परेको ठाउँमा हिमपाइप राख्दै आजतजावतमा सहज बनाएसँगै स्थानीयवासीले समेत राहतको अनुभव गरेका छन् ।

अझ कृषकका लागि कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्दै व्यावसायिक खेतीमा प्रोत्साहित गरेपछि गाउँपालिकाको कार्यशैली प्रति स्थानीयवासी खुशी देखिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी ट्याङ्की निर्माणदेखि ज्येष्ठ नागरिक चौतारी निर्माणसम्मका कार्यक्रम ल्याएर सबैलाई समेटेपछि गाउँपालिकावासी आफैमा दङ्ग छन् ।

झापा गाउँपालिकामा छात्रा र विपन्न विद्यार्थीलाई साइकलसमेत वितरण गरिएका कारण बीचैमा पढाइ छाड्ने विद्यार्थी समेत विद्यालय जान थालेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

उनले भने, ‘स्थानीय तहमा हामीले अब यो गर्न बाँकी छ भन्ने ठाउँ नै राखेनौँ, सबै पक्षलाई समेटेर समानुपातिक रूपले विकास निर्माणका कामलाई अघि बढाएका कारण झापा गाउँपालिका पछिल्लो केही वर्षभित्रै समृद्ध बन्दै गएको छ ।’

सात वटै वडामा एकएक वटा मुख्य सडकको छनोट गर्दै कालोपत्रेको काम, जीर्ण अवस्थामा पुगेका विद्यालयका भवनलाई पुनर्निर्माण, सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्णरूपमा छात्रवृत्ति, कृषकलाई पशु उपहारदेखि भकारो सुधारसम्मका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

पन्ध्र वटा स्थानीय तह रहेको झापा र बाह्रदशी गाउँपालिका उदाहरणका लागि मात्रै प्रस्तुत गरिएका गाउँपालिका हुन् । झापा र बाह्रदशीजस्तै सबै पालिकामा अहिले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र विकासका पूर्वधारलाई उच्च प्राथकिमतामा राखेर निर्माण गरिरहेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!