१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

पुल निर्माणको लागि तातोपानी नाका २० दिनका लागि बन्द

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

ABC Sanchar
सिन्धुपाल्चोक । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनु भएको छ ।
जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ’ । प्राबिधिकको सिफारिश अनुसार चीनँ सरकारले मितेरी पुलको जग पुननिमार्ण गर्न थालेको छ । गएकोे बर्षाका बाढीले मितेरी पुलको जग खलबल्लाए पछि चीन सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ ।
केही दिन अघि नै खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो । उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताउनु भयो । दुई देशको सीमा क्षेत्रमा रहेको मितेरी पुलको जग पुन निमार्ण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निमार्ण गर्न लागेको खत्रीले जानकारी दिनु भएको छ ।
२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो । भूकम्पपछि चीन सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो । २०६६ जेठमा आंशिकरुपमा नाका खुलाएपनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो । बाढी पहिरोको कारण देखाउदैं चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गदै आईरहेको छ । कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । भूकम्पपछि उक्त नाकाबाट अहिलेसम्म कुनै सामान निर्यात नभएको खत्रीले बताउनु भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]