२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पुल निर्माणको लागि तातोपानी नाका २० दिनका लागि बन्द

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७


ABC Sanchar
सिन्धुपाल्चोक । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनु भएको छ ।
जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ’ । प्राबिधिकको सिफारिश अनुसार चीनँ सरकारले मितेरी पुलको जग पुननिमार्ण गर्न थालेको छ । गएकोे बर्षाका बाढीले मितेरी पुलको जग खलबल्लाए पछि चीन सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ ।
केही दिन अघि नै खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो । उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताउनु भयो । दुई देशको सीमा क्षेत्रमा रहेको मितेरी पुलको जग पुन निमार्ण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निमार्ण गर्न लागेको खत्रीले जानकारी दिनु भएको छ ।
२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो । भूकम्पपछि चीन सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो । २०६६ जेठमा आंशिकरुपमा नाका खुलाएपनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो । बाढी पहिरोको कारण देखाउदैं चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गदै आईरहेको छ । कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । भूकम्पपछि उक्त नाकाबाट अहिलेसम्म कुनै सामान निर्यात नभएको खत्रीले बताउनु भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!