२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

(राकेश श्रेष्ठ)
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो ।

उहाँका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।