१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

हात्तीले दुई दर्जन घर भत्काए पछी स्थानीय चिन्तित

Logo
प्रकाशित शुक्रबार, माघ ०९, २०७७

 

ABC Sanchar
सिरहा । गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले राससलाई जानकारी दिनुभयो ।

सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १० घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताउनुभयो । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गउँले त्रसित भएका छन् । हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् ।

हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।

डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताउनुभयो । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन । विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।