(सागर थापा) दाङ । हत्या आरोपमा दाङ प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने ४० बर्षिय मोतिलाल चौधरीको हत्या आरोपमा दाङ्ग प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि वडा निवासी ४८ वर्षीय मनिराम चौधरी, ३८ वर्षीय धन बहादुर चौधरी र ३३ वर्षीय मोतिरामल चौधरी रहेका छन्। घटना घटेको चौविस घण्टामै ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिहरुलाई पक्राउ गरेको हो। आपसी रिसिवीका कारण मृतक मोतिलाललाई उनीहरुले चिर्पटले लखेटी लखेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । उनीहरुलाई पक्राउ गरि ज्यान सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए । चौधरीको विहीबार दिउसो २ बजेतिर हत्या भएको थियो ।