२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

इप्रका भालुवाङले २४ घन्टा भित्र हत्या गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

(सागर थापा) दाङ । हत्या आरोपमा दाङ प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने ४० बर्षिय मोतिलाल चौधरीको हत्या आरोपमा दाङ्ग प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि वडा निवासी ४८ वर्षीय मनिराम चौधरी, ३८ वर्षीय धन बहादुर चौधरी र ३३ वर्षीय मोतिरामल चौधरी रहेका छन्। घटना घटेको चौविस घण्टामै ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिहरुलाई पक्राउ गरेको हो। आपसी रिसिवीका कारण मृतक मोतिलाललाई उनीहरुले चिर्पटले लखेटी लखेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । उनीहरुलाई पक्राउ गरि ज्यान सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए । चौधरीको विहीबार दिउसो २ बजेतिर हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!