२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पूर्वप्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

(ABC संचार ब्युरो) काठमाडौं । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे ।

सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए ।

स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।

विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।

सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो । तर यहाँ त्यस्तो छैन । पूर्व विशिष्टबाटै सुरक्षाकर्मीको दुरुपयोग भएको छ । सबैजना अनुशाशित नहुँदा हामीलाई गाहे भएको छ ।”

स्रोतका अनुसार नयाँ मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई पद छाडेको कति वर्षसम्म कति सुरक्षाकर्मी दिने भन्ने पनि उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।

पूर्वविशिष्टहरुले सशस्त्र र नेपाल प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसासंद, प्रहरीकै पूर्वअधिकारीले सुरक्षाबाहेक घरको भान्सेदखि चालकसम्म सुरक्षाकर्मी राख्ने क्रम बढेपछि गृहले मापदण्ड नै बनाएर सुरक्षा कटौतीको तयारी गरेको हो ।

गृहले ल्याएको कार्यविधीमा सुरक्षा पाउने व्यक्तिहरुबारे स्पष्ट रुपमा खुलाइएको बताइएको छ । पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुरक्षा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिँदै आएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!