१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

प्रधानमन्त्री वलीद्वारा नेपालको दोस्रो लामो राप्ती नदी पुलको उद्घाटन

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७


(सागर थापा)
दाङ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको राप्ती पुलको उद्घघाटन प्रधानमन्त्री केपी शर्मा वलीद्वारा पुल उद्घघाटन सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले देश विकासमा कसैले रोक्न नसक्ने बताएका छन् । सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उदघाटन गर्दै सो कुरा बताएका हुन् । उनले देशको चौतर्फी विकासमा आफुहरु अगाडी बढ्ने बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै त्यस प्रक्रियालाई सुरक्षित ढंगले सफलता पुर्वक अगाडी बढाउने तथा देशमा सुशासन र विकास ल्याउने बताएका छन् । पुलको चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिलन्यास गरेका थिए । जति बेला तत्कालिन एमालले प्रचण्ड दाङ आउन थालेको थाहा पाएपछि बन्दको घोषणा गरेको थियो । २०७३ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुल नेपालकै दोस्रो लामो पुल हो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब लागतमा निर्माण भएको हो ।

लम्बाई ८६० मिटर छ, भने चौडाइ साढे १० मिटर रहेको उक्त पुल निर्माणको काम चार बर्ष भित्र सक्ने सम्झौता अनुसार काम पूरा भएको हो । एएनके लुम्बिनी वाइपी जेभीले उक्त पुल निर्माणको काम गरेको हो । कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियाको गेरुवाको पुल हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]