२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रधानमन्त्री वलीद्वारा नेपालको दोस्रो लामो राप्ती नदी पुलको उद्घाटन

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७


(सागर थापा)
दाङ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको राप्ती पुलको उद्घघाटन प्रधानमन्त्री केपी शर्मा वलीद्वारा पुल उद्घघाटन सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले देश विकासमा कसैले रोक्न नसक्ने बताएका छन् । सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उदघाटन गर्दै सो कुरा बताएका हुन् । उनले देशको चौतर्फी विकासमा आफुहरु अगाडी बढ्ने बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै त्यस प्रक्रियालाई सुरक्षित ढंगले सफलता पुर्वक अगाडी बढाउने तथा देशमा सुशासन र विकास ल्याउने बताएका छन् । पुलको चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिलन्यास गरेका थिए । जति बेला तत्कालिन एमालले प्रचण्ड दाङ आउन थालेको थाहा पाएपछि बन्दको घोषणा गरेको थियो । २०७३ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुल नेपालकै दोस्रो लामो पुल हो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब लागतमा निर्माण भएको हो ।

लम्बाई ८६० मिटर छ, भने चौडाइ साढे १० मिटर रहेको उक्त पुल निर्माणको काम चार बर्ष भित्र सक्ने सम्झौता अनुसार काम पूरा भएको हो । एएनके लुम्बिनी वाइपी जेभीले उक्त पुल निर्माणको काम गरेको हो । कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियाको गेरुवाको पुल हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]