२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शंकास्पद देखिएपछि जलाउँदै गरेको शव प्रहरीद्वारा एउटा बरामद

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

(ABC संचार ब्युरो)
काठमाडौं । प्रहरीले पशुपति आर्यघाट क्षेत्रमा जलाउँदै गरेको एउटा शव बरामद गरेको छ ।

हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको हो ।

घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । डीएसपी बस्नेतका अनुसार बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

अनुसन्धानका लागि प्रहरीले मृतक बबिता चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र चल्ली भनिने अनु थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनु थापाको मोबाइल चोरी गरेको भन्दै ४ दिन अगाडि कुटपिट भएको खुलेको छ । ‘४ दिन अगाडि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु २/३ जना महिला लगाएर कुटपिट गरेको पाइएको छ,’ डीएसपी बस्नेतले सुनाए, ‘टाउको र आँखामा चोट लागेका कारण उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

कुटपिट पछि गम्भीर अवस्थामा पुगेकी बाबितालाई शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

डीएसपी बस्नेतका अनुसार मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ । प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]