०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

ट्याक्टर र टिपरले पानी चुहाउँदा हुलाकी सडकको हरिविजोग

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

(ABC संचार ब्युरो)
बाँके । नेपालगन्ज राप्ती खण्डमा पानी चुहाउँदै गुडिरहेका टिपर
एक वर्षअघि मात्र निर्माण सम्पन्न भएको जिल्लाको वैकल्पिक मार्ग (हुलाकी सडक) को अवस्था अहिले विजोग बनेको छ । नदी तथा खोलाबाट गिट्टी र बालुवा ओभरलोड बोकेर पानी चुहाउँदै गुड्ने टिपर र ट्याक्टरका कारण उक्त सडकको अवस्था बिग्रिएको हो । स्थानीय बासिन्दाका अनुसार उक्त सडकमा अचेल दैनिक पाँच सय भन्दा बढीको संख्यामा टिपर र ट्याक्टर गुड्छन् । सडकमा टिपर र ट्याक्टरको मनपरी चल्दा पनि जिम्मेवार निकाय मौन देखिन्छन् ।

यि सवारी साधनका कारण नेपालगन्जको पुरैनीदेखी राप्ती पुलसम्मको सडक हिलाम्य हुनुका साथै ठाउँ–ठाउँमा भत्किन थालेको स्थानीयको भनाई छ । अनगिन्ती रुपमा गुड्ने टिपर र ट्याक्टरले पानी चुहाउँदा सडक हिलाम्य बनेर यति चाडै बिग्रिन पुगेको हो । टिपर र ट्याक्टरले सडकमा आतंक नै मच्चाइरहेको र सम्बन्धित सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा गुनासो गर्छन् । ट्राफिक प्रहरीकै अगाडी टिपर र ट्याक्टर निर्वाध रुपमा गुडिरहेको स्थानीयको आरोप छ ।

‘टिपर र ट्याक्टरले पानी चुहाउँदा हुलाकी सडकको अवस्था बिजोग भएको छ,’ डुडुवा, कम्दीका स्थानीय एवम् सञ्चारकर्मी राकेशकुमार मिश्रले नागरिकसँग भने ‘बाटोमा साईकल र मोटरसाईकल चलाएर हिड्नै नसकिने अवस्था सिर्जना भएको छ ।’ टिपर र ट्याक्टरले हुलाकी सडक बिगारेको विषयमा उनले दुई दिनअघि सामाजिक सञ्जालबाट समेत गुनासो पोखेका थिए । टिपर र ट्याक्टरले ओभरलोडका साथै सडकमा पानी चुहाउँदा भर्खरै निर्माण सम्पन्न भएको हुलाकी सडक भत्किने क्रम सुरु भएको उनले बताए । जसले गर्दा राप्ती र डुडुवा पुल नै जोखिममा परेको मिश्रले सुनाए । उनले थपे, ‘यो सडकमा अचेल टिपर र ट्याक्टरको चाप अत्यधिक छ, सडक हिलाम्य हुँदा साईकल र मोटरसाईकल चलाउँनै नसकिने अवस्था छ ।’

सडकमा पानी चुहाउँदै निर्माण सामाग्री ओभरलोड बोक्ने ट्याक्टर र टिपरलाई स्थानीय प्रहरी, प्रशासनले कहिले काही कारबाही गरेपनि नियन्त्रणमा आउन भने सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ टिपर र ट्याक्टरले सडक बिगारेको विषयमा नागरिक स्तरबाट गुनासो बढ्न थालेपछि आफुले विशेष निगरानी बढाइरहेको बताउँछन् । ‘सडकमा टिपर र ट्याक्टरले पानी चुहाउँदा बाटो बिगारेको गुनासो आएपछि हामीले विशेष चासो राखेका छौं,’ उनले नागरिकसँग भने ‘नियम अनुसार राजश्व तिरेर नदीजन्य सामाग्री बोक्न त पाउँछन्, तर सडकमा पानी चुहाउन पाइदैन ।’

पानी चुहाएर सडक बिगारेको सम्बन्धमा स्थलगत अध्ययन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेसहित वन, घरेलु, सडक लगायत कार्यालय सम्मिलित एउटा समिति बनाइएको प्रजिअ कुरुङबाङले जानकारी दिए । ‘टिपर र ट्याक्टरले कहाँ–कहाँ सडक बिगारेका छन्, नदीजन्य पदार्थ उत्खनन्मा मापदण्ड कत्तिको पालना गरेका छन्, यि सबै कुराको अध्ययन यो टिमले गर्नेछ,’ उनले थपे । आगामी दिनमा नदीजन्य सामाग्री बोक्ने टिपर र ट्याक्टरले सडकमा पानी चुहाउन नपाउने र त्यस्तो गरेको पाइएमा कडा कारबाही हुने स्थानीय प्रशासनले जनाएको छ ।अर्जुन वलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!