२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ ट्राफिकले ४ सय ५५ सवारी चालक कार्बाहीमा

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(सागर थापा)
दाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियम विपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो ।

दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभयो । प्रहरीले जाँचको क्रममा मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोबाईलमा कुराकानी गर्र्दै सवारी चलाउने, सिट बेल्ट नबाँध्ने सवारी चालकलाई कार्बाही गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने ४ सय ५५ सवारी चालकलाई कार्बाही गरेको छ । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन भएको र अहिले पनि दिउँसोको तुलनामा रातीको समयमा बढी मापसे गरेर चलाउने गरेको पाइएको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]