०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

घुमुवा पाण्डेको सेटिँगमा तस्करी निरीक्षक रोकायको छापा लाखौंको समान पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC संचार ब्युरो)
जनकपुर । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित भारतसँग रहेको बोर्डरमा एक प्रहरी घुमुवाको सेटिँगले तस्करहरु पलाउँदै गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी स्थित रहेको प्रहरी चौकीका घुमुवा सँतोष पाण्डेको सेटिँगले दैनिक रुपमा तस्करहरुले बोर्डर पारीबाट अवैद्य समानहरु भित्र्याउने गरेको छ । यसअघि पनि इटहर्वा प्रहरी चौकीमा घुमुवा नै रहेका पाण्डे प्रायः सबै तस्करहरुसँग लाइन मिलाएको छ ।

घुमुवा सँतोष पाण्डेले तस्करहरुसँग सेटिँग गरी रातारात भारतबाट लाखौंको अवैद्य समानहरु ल्याउन तस्करलाई सघाउने गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, महिनाथपुर नाकाबाट हुने तस्करीमा घुमुवा पाण्डेको सेटिँग रहेको हुन्छ ।

सोही क्रममा सेटिँगमै गएराती (शुक्रबार) भारतबाट अवैद्य रुपमा तस्करी गरी ल्याइएको समानहरुको बारेमा सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय खजुरीले तत्कालै छापा मरेयो ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको कमाण्डमा गएको प्रहरीले विदेह नगरपालिका वडा नं. १ ठाढी बस्ने लालबाबू पँजीयारको घरमा छापामारी गरी लाखौं मुल्यको समान बरामद गरेको छ ।

प्रहरी निरीक्षक रोकायाले समेत इलाका प्रहरी कार्यालय खजुरी मातहत नै पर्ने प्रहरी चौकी ठाढीका घुमुवा सँतोष पाण्डेको सेटिँग बारे सुईको पाएपछि कसैलाई नभनिकनै एकाएक छापा मार्न पुगेका थिए । स्थानीयवासीको सुराकीको आधारमा पँजीयारको घरमा प्रहरी निरीक्षक रोकाया कमाण्डको प्रहरी टोलीले छापा मारी १३ लाख बढीको समानहरु पक्राउ गरेको हो ।

छापा मार्दा लत्ताकपडा, खाद्यान्न सहितका सरसमानहरु बरामद गरिएको हो । भन्सार छली गरी घुमवा पाण्डेको सेटिँगमै सो समानहरु भित्रिएको बुझिएको छ ।

गोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।

भारतबाट अवैद्य रुपमा भन्सार छली गरि ल्याउनको लागि प्रहरीकै सेटिँग हुने गरेको छ । स्थानीय व्यापारीहरुलाई पनि प्रहरीले महिनबारी लिएर लाइन मिलाउने गरेको खुलेको छ । न्युज ब्युरोबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!