२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

निर्वाचनमा म्यादी प्रहरीले रोजगारी पाउछन अर्थमन्त्री : पौडेल

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC क्राईमबिट) काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक क्रियाकलाप बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।

उहाँले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह पनि गर्नुभएको छ । अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फजुल खर्चको रुपमा चित्रण गरिरहनु भएको छ । तर म त्यस्तो ठान्दिनँ किनभने पहिचाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुर्याउछ ।’

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राख्नुभयो । त्यस्तै उहाँले लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मानिसले अहिले निर्वाचको लागि कहाँबाट खर्च जुट्छ ? खर्चै गर्ने सक्ने अवस्था छैन भनेर भनिरहेका छन् । निर्वाचन लोकतन्त्रको प्राण हो । त्यो कहिले हुन्छ भन्ने परिस्थितिमा भर पर्ने कुरा हो । हामी ठिक पाँच वर्षमा पनि गर्ने सक्छौँ, परिस्थितिले माग्यो भने त्योभन्दा अगाडि पनि मध्यवर्ती चुनावमा जान सक्छौँ ।’

निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउछन् । बजार अलि चलायमान हुन्छ । आर्थिक क्रियाकलापमा त्यसले केही सहयोग नै गर्छ ।’

निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!