२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

निर्वाचनमा म्यादी प्रहरीले रोजगारी पाउछन अर्थमन्त्री : पौडेल

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC क्राईमबिट) काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक क्रियाकलाप बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।

उहाँले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह पनि गर्नुभएको छ । अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फजुल खर्चको रुपमा चित्रण गरिरहनु भएको छ । तर म त्यस्तो ठान्दिनँ किनभने पहिचाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुर्याउछ ।’

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राख्नुभयो । त्यस्तै उहाँले लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मानिसले अहिले निर्वाचको लागि कहाँबाट खर्च जुट्छ ? खर्चै गर्ने सक्ने अवस्था छैन भनेर भनिरहेका छन् । निर्वाचन लोकतन्त्रको प्राण हो । त्यो कहिले हुन्छ भन्ने परिस्थितिमा भर पर्ने कुरा हो । हामी ठिक पाँच वर्षमा पनि गर्ने सक्छौँ, परिस्थितिले माग्यो भने त्योभन्दा अगाडि पनि मध्यवर्ती चुनावमा जान सक्छौँ ।’

निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउछन् । बजार अलि चलायमान हुन्छ । आर्थिक क्रियाकलापमा त्यसले केही सहयोग नै गर्छ ।’

निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!