०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

डीआईजी कार्कीद्वारा प्रहरी चौकीको नव निर्मित भवनको उद्घाट्न

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC क्राईमबिट)
बिराटनगर । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ ।

उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक विशेष कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथी एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गरेका हुन् ।

प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवनसंयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

भवन समुद्घटान समारोहलाई सम्बोधन गर्दै डीआईजी कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संगसंगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गरे ।

साथै सोही कार्यक्रमको अवसरमा डीआईजी कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

उक्त कार्यक्रम युएनओपिएसका प्रतिनिधी, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो । वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी टेक बहादुर तामाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!