२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

निर्वाचन घोषणासँगै दाङमा मतदाता नामावली तालिका सार्वजनिक

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

 

ABC Sanchar
दाङ। सरकारले निर्वाचनको घोषण गरेसँगै दाङमा चुनावी तयारी सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङले मंगलबार घोराहीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै मतदाता अद्यावधिकका लागि तालिका सार्वजनिक गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी मिनराज भटट्राईले निर्वाचनको तयारी स्वरुप मतदान केन्द्रहरुको अवलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि सारिएको जानकारी दिनुभयो । बिहिबार पर्सिदेखी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुने उहाँले जानकारी दिनुभयो । मतदाता नामावलीमा रहेको क्रुटी सच्याउन माघ १६ गते देखी १८ सम्म दाङका १० वटै पालिकामा निवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो ।

यस्तै दाङमा यसवर्ष तिव वटा वडामा मतदान केन्द्र थप्ने र केही केन्द्रलाई पाएक पर्ने ठाउँमा सार्ने सिफरिस निर्वाचन आयोगमा पठाईएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नंम्वर १ र २ मा एक÷एक वटा र बबई गाउँपालिका वडा नंम्वर १ मा एउटा मतदान केन्द्र थप्ने तयारी जिल्ला निर्वाचन आयोगले गरेको छ ।

अहिले दाङमा ४ सय १८ मतदान केन्द्र र १ सय ५१ मतदान स्थल रहेका छन् । निर्वाचनको पुर्वतयारी स्वरुप जिल्ला निर्वाचान कार्यलय जिल्ला निर्वाचन मिनराज भट्टराइले बताउनु भयो । जिल्ला निर्वाचन अधिकारी भको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले चुनावमा देखिने त्रुटिपुर्ण अवस्था सच्याउन निर्वाचन आयोगले थालेको कामलाई प्रभावकारी रुपमा गर्न आग्रह गर्नुभयो । चुनाव निश्पक्ष, स्वातन्त्र र काम खर्चिलो बनाउनको लागी निर्वाचन आयोगलाई प्रभावकारी काम गर्न आग्रह गर्नु भयो ।

जिल्ला निर्वाचान कार्यलय दाङका नायव सुब्बा भुवनेश्वर अधिकारीको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको सहिजकरण गेहेन्द्र कवरले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!