१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

निर्वाचन घोषणासँगै दाङमा मतदाता नामावली तालिका सार्वजनिक

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

 

ABC Sanchar
दाङ। सरकारले निर्वाचनको घोषण गरेसँगै दाङमा चुनावी तयारी सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङले मंगलबार घोराहीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै मतदाता अद्यावधिकका लागि तालिका सार्वजनिक गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी मिनराज भटट्राईले निर्वाचनको तयारी स्वरुप मतदान केन्द्रहरुको अवलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि सारिएको जानकारी दिनुभयो । बिहिबार पर्सिदेखी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुने उहाँले जानकारी दिनुभयो । मतदाता नामावलीमा रहेको क्रुटी सच्याउन माघ १६ गते देखी १८ सम्म दाङका १० वटै पालिकामा निवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो ।

यस्तै दाङमा यसवर्ष तिव वटा वडामा मतदान केन्द्र थप्ने र केही केन्द्रलाई पाएक पर्ने ठाउँमा सार्ने सिफरिस निर्वाचन आयोगमा पठाईएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नंम्वर १ र २ मा एक÷एक वटा र बबई गाउँपालिका वडा नंम्वर १ मा एउटा मतदान केन्द्र थप्ने तयारी जिल्ला निर्वाचन आयोगले गरेको छ ।

अहिले दाङमा ४ सय १८ मतदान केन्द्र र १ सय ५१ मतदान स्थल रहेका छन् । निर्वाचनको पुर्वतयारी स्वरुप जिल्ला निर्वाचान कार्यलय जिल्ला निर्वाचन मिनराज भट्टराइले बताउनु भयो । जिल्ला निर्वाचन अधिकारी भको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले चुनावमा देखिने त्रुटिपुर्ण अवस्था सच्याउन निर्वाचन आयोगले थालेको कामलाई प्रभावकारी रुपमा गर्न आग्रह गर्नुभयो । चुनाव निश्पक्ष, स्वातन्त्र र काम खर्चिलो बनाउनको लागी निर्वाचन आयोगलाई प्रभावकारी काम गर्न आग्रह गर्नु भयो ।

जिल्ला निर्वाचान कार्यलय दाङका नायव सुब्बा भुवनेश्वर अधिकारीको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको सहिजकरण गेहेन्द्र कवरले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]