२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोहलपुर प्रहरीले रेडपाण्डाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

महेन्द्र सिंह
बाँके । कोहलपुरमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवैध छालासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौडीस्थित एक होटलबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

रेडपाण्डाको छालाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले सुर्खेतको भेरी गंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरत बहादुर पुनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाइराखेको अवस्थामा दुई थान रेडपाण्डाको छाला बरामद गरेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]