२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ४० प्रतिशत बढ्ने

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

ABC (क्राईमबिट) काठमाण्डौ । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता बृद्धि हुन सकेको छैन ।

रासनभत्ता बृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर कति बढाउने भन्ने टुंगो नलागेको सहसचिव र्गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने विषय छलफलमै छ,’ उनले भने,‘केही दिनभित्रै यसलाई टुंग्याउँछौं ।’ गौतम नेतृत्वको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् । अर्थ मन्त्रालयले रासनभत्ता बढाउन बजेटले भ्याउने बताएपछि गृहले त्यसको सिफारिस गर्न समिति गठन गरेको हो ।
स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अहिले खाइपाइ आएको रासन भत्तामा करिब ५० प्रतिशत बृद्धिको प्रस्ताव गरेका छन् । तर, गृह र अर्थ मन्त्रालयका अधिकारीले ५० प्रतिशत बृद्धि गर्दा अहिलेको अवस्थामा राज्यलाई धेरै भार पर्ने भएकाले त्यतीधेरै बढाउन नहुनेमा जोड दिएका छन् ।

समितिका एक अधिकारीका अनुसार रासनभत्ता बृद्धिबारे तीन वटा प्रस्तावनामा छलफल भइरहेको छ । पहिलो भनेको प्रहरीकै प्रस्तावअनुसार एकमुष्ठ ५० प्रतिशत बृद्धि गर्ने । दोस्रो भनेको नेपाल राष्ट्र बैंकको मूल्यबृद्धिको तथ्याङकअनुसार ३२ःप्रतिशत बृद्धि गर्ने । पछिल्लो ५ वर्षमा देशमा ३२ प्रतिशत महंगी बढेको केन्द्रीय बैंकको तथ्याङक छ । त्यसैलाई आधार मानेर रासन भत्ता बृद्धि गर्नुपर्ने कतिपयको राय छ ।

त्यस्तै, तेस्रो प्रस्तावना भनेको जिल्लाको दररेटअनुसार रासनभत्ता बढाउने । सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को नेतृत्वमा हुने दररेट निर्धारण समितिले हरेक वर्ष मूल्याङकन गर्दछ । त्यसलाई समेत आधार मानेर भत्ता बृद्धि गर्नेबारे छलफल भइरहेको छ । स्रोतका अनुसार ३० देखि ४० प्रतिशत बृद्धि हुने सम्भावना छ । राज्यलाई पनि ठूलो भार नपर्ने र सुरक्षा निकायमा पनि उत्साह बढ्ने गरी रासनभत्ता बृद्धि हुने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

पछिल्लो चार वर्षमा रासनभत्ता बढाउन गृह मन्त्रालयले पटक–पटक प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । गत वर्ष बजार मूल्यअनुसार रासनभत्ता दिन पुग्ने गरी प्रहरीलाई निकासा भए पनि त्यसमा सरकारले नीतिगत सहमति नदिँदा नयाँ दररेटअनुसार वितरण हुन सकेन ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!