२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवलपरासीमा ठूलो मात्रामा लागू औषधसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

 

ABC (क्राईमबिट)
नवलपरासी। पूर्व । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले मंगलबार ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला नवलपरासी विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु२ख ७८१ नं.को बसमा सवार जिल्ला मोरङ बिराटनगर नगरपालिका-६ बस्ने वर्ष १९को विशाल ऋशिदेब (मुसहर)को साथबाट नुर्फिन ३९८, फेनारगन ३९८ र डाईजापाम ३९८ गरी जम्मा ११९४ एम्पुल लागूऔषध बरामद गरेको छ ।

त्यस्तै सोही स्थानमा नै चेकिङका क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना३ख ३४६४ नं.को बसमा सवार जिल्ला तनहूँ ब्यास नगरपालिका-१ बस्ने वर्ष २७को मिन बहादुर थापा मगरको साथबाट नुर्फिन २८, फेनारगन २८ र डाईजापाम २८ गरी जम्मा ८४ एम्पुल बरामद गरेको छ ।

साथै जिल्ला कै कावासोती नगरपालिका-१६ चालिस किलोको जंगलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ ख ९९८८ नं.को बसमा चेकजाच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-२ बस्ने वर्ष २०को अनुरुप अधिकारी र जिल्ला धादिङ जलजला गाँउपालिका ५ बस्ने वर्ष १७को सन्दिप अधिकारीको साथबाट नुर्फिन १७, फेनारागन १७, डाइजापाम १७ गरी जम्मा ५१ एम्पुल लागूऔषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिईएको छ ।
प्रहरीले निज ४ जना व्यक्तिहरुको साथबाट जम्मा १३२९ एम्पुल लागूऔषध बरामद गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]