३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

सरकारले २१ बेपत्ता परिवारलाई परिचयपत्र वितरण गरेयो

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

 

ABC Sanchar
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताउनुभएको छ ।
दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पीडित परिचयपत्र वितरण कार्यको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । पीडितलाई सत्यको जानकारी गराई मेलमिलाप गराउनु अहिलेको आवश्यकता रहेको तर त्यसो भन्दैमा गम्भीर मानव अधिकारका घटनालाई आम माफी दिने कार्य भने कुनै हालतमा गर्न नहुने उहाँले बताउनुभयो । उहाँले गम्भीर मानव अधिकारका घटनालाई विशेष अदालतमा लगेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्वपीडितसँग सम्बन्धित परियोजना सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूतर्फ सङ्केत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “नेपालको द्वन्द्व नेपालले नै टुङ्ग्याउन सक्छ, यसमा कसैले पनि गिजोल्ने प्रयास नगर्नुहोस् ।”
उहाँका भनाइमा द्वन्द्वपीडितहरूको मुद्दा कतिपय व्यक्तिका लागि परियोजना जस्तै भएको छ । उनीहरू यो मुद्दा कहिल्यै नटुङ्गियोस् भन्ने चाहन्छन् । यति धेरै राजनीतिक समस्या समाधान गर्न सक्ने नेपालले यो सङ्क्रमणकालीन न्यायलाई पनि टुङ्ग्याउन सक्ने चर्चा गर्दै उहाँले कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र दिन सुरु गरिएको छ । बेपत्ता आयोगले सत्यतथ्य छानबिन गरी तयार पारेको पीडित परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बेपत्ता छ जनाका २१ सदस्यलाई परिचयपत्र वितरण गर्नुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!