२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुई क्विन्टलभन्दा बढी कुखुरालाई अवैध कुखुरा नष्ट

Logo
प्रकाशित शनिबार, माघ १७, २०७७

 

(महेन्द्र सिंह)
बाँके । भारतका धेरै ठाउँमा देखिएको बर्डफ्लु भित्रिने अत्यधिक जोखिमका बीच पनि भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने कार्य भने अझै रोकिएको छैन । बर्डफ्लु भित्रिने आशङ् काकै कारण भारतबाट कुखुराको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएर सीमा नाकामा कडाइ गरिए पनि भारतबाट ल्याइएका कुखुरा दिनदिनै प्रहरीले नियन्त्रणमा लिँदै आएकोले ल्याउने क्रम जारी रहेको पुष्टि भएको छ ।

सोही प्रकारले भित्र्याइएका दुई क्विन्टलभन्दा बढी कुखुरालाई सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरिएको जनाएको छ । सशस्त्र प्रहरी आउट पोष्ट बढैयाबाट खटिएको गस्ती टोलीले जानकी गाउँपालिका–१ मा भारतबाट भित्र्याउँदै गरेको प्रतिबन्धित दुई क्विन्टलभन्दा बढी बोइलर कुखुरा बरामद गरेको हो । अवैध रूपमा कुखुरा भित्र्याउने व्यक्ति प्रहरीलाई देखेपछि कुखुरा छाडेर भागेको बाँके प्रहरीले जनाएको छ ।

जिउँदा बोइलर कुखुरालाई सशस्त्र प्रहरीले पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जलाई बुझाएको छ । कुखुरालाई क्वारेन्टाइन कार्यालयले सम्बन्धित व्यक्तिको रोहवरमा चेक पोष्ट नेपालगञ्जमा रहेको होल्डिङ यार्डस्थित पिटमा नष्ट गरेको छ । बर्डफ्लुकै कारण भारतमा कुखुराको माग र मूल्यमा कमी आएपछि नेपालका व्यापारीले लुकाइछिपाई भित्र्याउने गरको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख भक्त निउरेले जानकारी दिए ।

भारतका विभिन्न सहरमा बर्डफ्लु रोगको सङ्क्रमण देखिकोले नेपालमा पन्छी र पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको भए पनि आयात भने लुकीछिपी जारी नै रहेको प्रमुख निउरेले बताए । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बर्डफ्लु भित्रिने डरले भारतबाट कुखुराको आयातमा प्रतिबन्ध लगाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]