०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेपालको कुनैपनि ठाँउबाट गाई गोरु ढुवानी गर्न पाइन्छ डाक्टर:न्युरे

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

 (सागर थापा) दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु चिकित्सक भक्त न्युरेले अावश्यक नीति नियम अपनाएर मात्र पशुपंक्षी ढुवानी तथा अाेसारपसार गर्न सुझाव दिएका छन् । बिगत केही समय पहिले रुपन्देहीमा कट्टर हिन्दूवादी युवाहरुले गाईगोरु ढुवानी गरेको एउटा मालवाहक सवारीसाधन आफ्नो कब्जामा लिएको प्रसङ्गमा वरिष्ठ पशु चिकित्सक डाक्टर न्युरेले आवश्यक प्रकृया पुर्‍याएर लगिएका त्यस्ता कुनैपनि गाडीहरूशीत त्यस्तो व्यवहार नगर्न सम्बन्धित पक्षलाई उनलेे सल्लाह दिए । भारतबाट ल्याउने कुरालाई निरुत्साहित गर्नुपर्ने र देशको एउटा भूभागमा तैयार भएका त्यस्ता पशु तथा पंक्षीहरु अन्य कुनै पनि भागमा आवश्यक प्रक्रिया पूरा गरेर लग्न सकिने नेपाल सरकारले व्यवस्था गरिदिएको हुँदा त्यसतर्फ सबैले ख्याल गर्नुपर्ने उनको तर्क थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!