२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

व्यक्तिको आर्थिक स्थिति बुझेर मात्र बिमा गर्न अनुरोध प्रबन्धक :पोख्रेल

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७


(ABC संचार ब्युरो) सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१ स्थित वाटिका टुरिजममा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक उमापती पोखरेलले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बरिष्ठ सहायक महा प्रबन्धक पोखरेलले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिनुभयो । उहाँले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताउनुभयो ।
बरिष्ठ सहायक महा प्रबन्धक पोखरेलले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’
साथै आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलले जनाएको छ । उक्त भब्य कार्यक्रममा ६ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलले भने नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताउनुभयो । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको क्षेत्रीय प्रमुख प्याकुरेलले बताउनु भयो । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उहाँको कथन थियो ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहानका प्रमुख भोगेन्द्र कुमार साहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक उमापती पोखरेलको उपस्थिति रहेको थियो । त्यसै गरि बिशिष्ट अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेल,अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स सिरहा शाखाका प्रमुख पुर्ण कुमार कर्ण,गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्ण,राजबिराज शाखाका प्रमुख पुरषोतम चौधरी,कन्चनपुर शाखाका प्रमुख जयकुमार दत्त,कटारी शाखाका प्रमुख सुदर्शन बराल,मिर्चैया उप शाखाका प्रमुख रिता कुमारी साह, पेशागत बीमा अभिकर्ताका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी,नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नेपाल प्रथम भिम कुमार,नेपाल दोस्रो वेद थापा,बिभिन्न शाखाबाट आएको कर्मचारीहरु समेतको सहभागिता भएको उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]