२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

काठमाडौं एर्पोटबाट श्रोत नखुलेको नेपाली १० लाख पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दुवई जान लागेको यात्रु काठमाडौं जिल्ला महानगरपालिका वडा नं.१४ कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले लिई आएको कालो रंगको ह्‍याण्ड व्याग (सुटकेश) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ्ग एरियाको X-ray No. 2 (पुरुषतर्फको X-ray) मा चेकजाँच गर्ने क्रममा उक्त सुटकेशबाट नेपाली रुपैयाँ श्रोत नखुलेको तथा भन्सार उद्घोष (Declare) नगरेको जम्मा नेपाली रुपैयाँ १०,००,०००।– लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमान स्थलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।