२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पर्सा प्रहरीले अवैध लाखौं भारतीय रुपैया सहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

(ABC क्राईमबिट) पर्सा । विदेशी मुद्राको अवैध कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको अधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.०९ स्थित रहेको मनोकामना मनी चेन्जरमा लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचना अनुसार प्रहरी टोलीले सोही दिन उल्लेखित मनोकामना मनी चेन्जरमा चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई फेला पारी खान तलासी गर्दा प्रतिवन्धित भारतीय रुपैया रु.५००को नोट १११५ थानमा रु.५,५७,५००।– (पाँच लाख सन्तावन हजार पाँच सय ) प्रतिवन्धित भा.रु.२०० को नोट ७० थानमा रु.१४,०००।– (चौध हजार) साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसंगै गैह्र कानूनी रुपमा कारोबार भईरहेको भा.रु.१०० को नोट ४१ थानमा रु.४१००।– (चार हजार एक सय), भा.रु.५० को नोट १७० थानमा रु.८५००।– (आठ हजार पाँच सय ) गरी जम्मा भारतीय रुपैया जम्मा रु.५,८४,१००।– (पाँच लाख चौरासी हजार एक सय) र नेपाली रुपैया रु.१००० को नोट २४० थानमा रु.२,४०,०००।– ( दुई लाख चालीस हजार ), नेपाली रुपैया रु.५०० को नोट रु.२७० थानमा रु.१,३५,०००।– (एक लाख पैतीस हजार ), नेपाली रु.१०० को नोट ८५ थानमा रु.८,५००।– (आठ हजार पाँच सय ), नेपाली रुपैया रु.५० को नोट १३८ थानमा रु.६,९००।– (छ हजार नौ सय ), नेपाली रु.२० को नोट ४५ थानमा रु.९००।– (नौ सय ), नेपाली रु.१० को नोट ५१ थानमा रु.५१०।– (पाँच सय दश), र नेपाली रु.५ को नोट ५६ थानमा रु.२८०।– (दुई सय असी ) गरी जम्मा नेपाली रुपैया रु.३,९२,०९०।– (तिन लाख बयान्वे हजार नवे ) र ९८४५०९८५०१, ९८१७२९३१३१ नम्बरको सिमकार्ड सहितको Samsung Company को स्क्रिन टच मोबाईल थान १ बरामद गर्नुको साथै निज गोपाल प्रसाद ‍सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको र अन्य अनुसन्धान कार्य भइरहेको पर्सा एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]