१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

भारतबाट आउनेलाई कडाइ अनिवार्य कोरोना परिक्षण रिर्पोट चाहिने

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

 

ABC Sanchar
दाङ । नयाँ कोरोना भाइरस फैलन नदिनका लागि भारत लगायतका देशबाट आउने नागरिकलाई दाङ भित्रन कडाई गरिएको छ । विश्वका देशमा नयाँ कोरोना भाइरस संक्रमण देखिएकोले स्थलमार्ग हुँदै दाङ भित्रने नागरिकलाई कम्तिमा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट अनिवार्य गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक विज्ञप्ती जारी गरी भारतबाट आउने नागरिकले नाकामा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको उल्लेख छ ।

कोइलाबास नाका हुँदै आउने नागरिकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइट सिसिएमसी डट जिओभि डट एनपीमा रहेको अब्रोट रिटर्नी मेनेजमेन्ट सिस्टम फाराम अनिवार्य भर्नुपर्ने र त्यसको बाककोर्ड लिएर आउनुपर्ने भनिएको छ ।

विज्ञप्तीमा अनलाइन फारम भर्न नसकेका नागरिकले सिमा नाकामा स्वास्थ्य परिक्षण गर्दाकै अवस्थामा अनलाइन फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जारी गर्नुभएको विज्ञप्तीमा सिमा नाकामा स्वास्थ्य परिक्षणको क्रममा लक्षण देखिएका नागरिकलाई अस्पतालमा पठाउने र अन्य व्यक्तिलाई पालिकासंग समन्वय गरी १० दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!