२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतबाट आउनेलाई कडाइ अनिवार्य कोरोना परिक्षण रिर्पोट चाहिने

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

 

ABC Sanchar
दाङ । नयाँ कोरोना भाइरस फैलन नदिनका लागि भारत लगायतका देशबाट आउने नागरिकलाई दाङ भित्रन कडाई गरिएको छ । विश्वका देशमा नयाँ कोरोना भाइरस संक्रमण देखिएकोले स्थलमार्ग हुँदै दाङ भित्रने नागरिकलाई कम्तिमा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट अनिवार्य गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक विज्ञप्ती जारी गरी भारतबाट आउने नागरिकले नाकामा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको उल्लेख छ ।

कोइलाबास नाका हुँदै आउने नागरिकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइट सिसिएमसी डट जिओभि डट एनपीमा रहेको अब्रोट रिटर्नी मेनेजमेन्ट सिस्टम फाराम अनिवार्य भर्नुपर्ने र त्यसको बाककोर्ड लिएर आउनुपर्ने भनिएको छ ।

विज्ञप्तीमा अनलाइन फारम भर्न नसकेका नागरिकले सिमा नाकामा स्वास्थ्य परिक्षण गर्दाकै अवस्थामा अनलाइन फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जारी गर्नुभएको विज्ञप्तीमा सिमा नाकामा स्वास्थ्य परिक्षणको क्रममा लक्षण देखिएका नागरिकलाई अस्पतालमा पठाउने र अन्य व्यक्तिलाई पालिकासंग समन्वय गरी १० दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]