०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

रातभर काठमाडौंको सडकमा सेनाका बख्तरबन्द गाडी गस्ती

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

 

ABC क्राईमबिट
काठमाडौं। नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् ।

राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए ।

सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन् ।

पौडेलले आइतबार एक ट्‌वीट गर्दै नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडी एकसाथ सडकमा निस्कन लागेको जानकारी गराएका थिए ।
बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर लगाउँदैछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो। वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो। मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, […]

  काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्। तर प्रकाश […]

error: Content is protected !!