२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दियामा सशस्त्र प्रहरीको विओपीको DIG प्रधानबाट उद्घाटन

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

(महेन्द्र सिंह)
बर्दिया । बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नवनिर्मित बोर्डर आउट पोष्ट (विओपी) को सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले उद्घाटन गर्नुभयो । विओपी उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायत बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । त्यस अवसरमा विओपी कण्ठपुरको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका १६ जना व्यक्तिहरुलाई प्रशंसापत्र र उत्कृष्ट काम गर्ने ४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]