०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बिहीबारदेखि वर्षा र हिमपात हुने अनि गर्मी हुन शुरु

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

ABC Sanchar
काठमाडौँ । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस
थप १५९ जनामा कोरोना संक्रमण पुष्टि
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]