२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङका संचारकर्मी वली ५ दिनदेखि बेपत्ता कुकुर ल्याएर अनुसन्धान गर्ने एसपी चंन्द

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

(सागर थापा ) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ भैसापथ्रा घर भएका २३ वर्षिय देवेन्द्र ओली गत माघ १५ गते विहिबार विहानको समयमा हराएका हुन । घोराहीको रेडियो स्वर्गद्धारी एफ.एममा कार्यरत ओली राप्ती शिक्षा क्याम्पस घोराहीमा बि.एड पहिलो बर्षमा अध्ययन गर्दै आएका थिए ।

ओली माघ १५ गते विहिबार बिहान क्याम्पस पढ्न जान्छु भनी हिडेको र क्याम्पस पोसाक मै हराएको बुवा दोर्ण बहादुर ओलीले जानकारी दिनुभयो । ओली घोराही १४ नयाँबसपार्क स्थित दिदि–भिनाजुको घरमा बस्दै आउनुभएको थियो ।

जान सक्ने सम्भावित आफन्तहरुको घरमा समेत नभेटिएपछि खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिए पनि नभेटिएकाले कतै देखे वा भेट्टाएमा ९८०९७०९०६० मा सपर्क गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन भिनाजु नरेश खड्काले आग्रह गर्नुभएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले मोबाइलको अन्तिम लोकेशनमा देखिएको ठाँउमा जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुध थापा सहितको प्रहरीले टोलीले ५ दिनदेखि व्यापक खोजीकार्य जारी राखेको छन । मोबाइलको कल डिटलहरु मगाएर तत्काल अनुसन्धान थाल्ने र नेपाल प्रहरीको तालिम प्राप्त कुकुर बाँके कोहलपुरबाट मगाएर भएपनि खोजतलास तिब्रता पार्ने दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]