२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने सुबिधा

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

 

ABC क्राईमबिट
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्मनधित बैंकको खातामर्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको बिकास गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत बचत हुनेछ ।

आजको उद्‌घाटन कार्यक्रममा सेवा प्रदायक कम्पनी ई-सेवा फोन पे प्राली र नेपाल क्लियरिङ्ग हाउस लि (कनेक्ट आईपियस) का प्रतिनिधिहरुको उपस्थितिमा महाशाखा प्रमुख एसएसपी भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरि शुभारम्भ गरिएको हो ।

ईसेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आईपियसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिन आवश्यक समन्वय भैरहेको महाशाखाले जनाएको छ । यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ ।

यो अनलाईन प्रबिधि ट्राफिक प्रहरी महाशाखाको लागी माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एव सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको महाशाखाले जनाएको छ ।
यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!