०५ चैत्र २०८१, बुधबार
19-03-2025 , Wed
×

प्रहरीको काम तर्कवितर्क गर्ने हैन आदेश मान्ने हो पुर्व DIG : मल्ल

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

(सागर थापा)
काठमाडौं ।नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्ल आफ्नो कामबाट मात्रै हैन, ब्याचका प्राय सबैको हालत उस्तै थियो हैरान, परेसान । अहिलेको तालिममा क्लास वर्कमा बढी जोड दिइन्छ। त्यो बेला फिल्ड वर्क र अनुशासनमा बढी जोड दिइन्थ्यो। गुरुबाहरू सल्लाको रुख हल्लाएर पात झार भन्नुहुन्थ्यो। अब सल्लाको पात कसरी झार्नु ? रुख बोकेर ल्याइज भन्ने।
सकिन्छ कि सकिन्न भन्ने सोच्ने नै हैन। आएको आदेश अनुसार ‘हस सर’ भन्ने। र, जाने हो।
रुख हल्लाएर बस्ने। पात झर्यो भनेर सोध्ने। ‘झर्दैछ सर’ भन्ने हो।

फर्केर आइज नभनेसम्म रुख बोक्ने, हल्लाउने बस्ने। गुरुजीले ‘ल भयो आइज’ भनेपछि फर्कने।

मनमा ‘बेकारमा सम्भवै नभएको काम के लगाएको होला’ भन्ने त लाग्थ्यो। पछि बुझियो– त्यो त आदेश पालना गराउने बानी बसाल्न रहेछ।
कमाण्डरबाट आएको आदेश सम्भव छ कि छैन भनेर विचार गर्न थाल्यो भने आदेशको पालना हुन सक्दैन। परिणाम पछि हेर्ने हो, पहिला त आदेश पालना हुनुपर्यो, जस्तै : भीड नियन्त्रणमा लाठी ठोक भन्दा को–को छन् भनेर हेर्न थालियो भने भीड कसरी नियन्त्रण हुन्छ र ? ठोक भनेपछि ठोक्ने हो।
त्यही बानी पार्न पात झार्न र रुख बोक्न लगाएको रहेछ।

बिहान उठ्ने समय र तयार हुने समय किन यति छोटो भन्ने लाग्थ्यो। त्यो समय व्यवस्थापनको प्रशिक्षण रहेछ। प्रहरीको जिम्मेवारी नै जुनसुकै बेला जहाँ जान पनि तयार भइहाल्नुपर्याे नि त। पहिल्यै प्रशस्त समय दियो भने त बानी कसरी लाग्नु।

प्रशिक्षणमै सीमित समय दियो भने छोटो समयमा सबै काम गर्ने बानी लाग्छ नि त।
सुत्न उस्तै अप्ठ्यारो। मेसमा खान खान पनि उस्तै गाह्रो। त्यो जानजान गरिएको रहेछ भन्ने पछि बुझियो। ती सबै तालिमको व्यावहारिक प्रशिक्षण रहेछ।

तालिमको क्रममा मुस्ताङमा

तालिममा मसँगै ४५ जना थियौं। उपेन्द्रकान्त अर्याल, राजेन्द्र सिंह भण्डारी, नारायणप्रसाद बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रकाश साउद, रमेशशेखर बज्राचार्य, विज्ञाराज शर्मा, गणेशराज राई, वीरेन्द्र बाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रताप सिंह थापा, विश्वराज सिंह शाही, सुशीलवर सिंह थापा, केशवबहादुर शाही, केशवप्रसाद अधिकारी, गोपालप्रसाद भण्डारी, श्यामबहादुर खड्का, रवि प्रताप राणा, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्यलगायत ब्याची थिए।

कोही काठमाडौंकै रैथाने, कोही काठमाडौं बाहिरबाट आएकाहरू। अँ, दुई जना महिला पनि हुनुहुन्थ्यो। तर, ती दुवैले पछि जागिर छाडे। र, विदेश गए।

मेरो ब्याचबाटै उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भए। अन्य साथीहरू कोही एआइजी, कोही डिआइजी त कोही त एसएसपीमै पनि अवकास पाए। बढुवामा तलमाथि हुँदा यस्तो भएको थियो।
बढुवाका खेलहरू आगामी अंकमा लेखौला। अहिले तालिमकै विषयमा लेखौं।

म मात्रै हैन, तालिमको प्रारम्भमा सबै साथीहरू अन्योलमै थिए। मलाई मात्रै हैन, भाग्न मन लाग्ने अरु पनि रहेछन्।

तर, भागेर जाने कहाँ ? लाज हुन्थ्यो नि। परिवारको इज्जतको कुरा पनि भयो। नाकै काटिन्छ कुलको भन्ने भयो।

त्यो बेलाको इन्सपेक्टर (प्रहरी निरीक्षक) भनेको अहिलेको जस्तो हैन। धेरै सम्मान थियो समाजमा। तालिमकै दौरान प्रहरी निरीक्षक ठूलो पद रहेछ भन्ने बुझियो।

तालिममा छिरेको तीन महिनापछि तालिम केन्द्र बाहिर पठाउन थाले। ६ महिनापछि त गस्तीमा पठाउन थाले। खैरो रंगको तालिम पोशाक थियो। त्यही लगाएर पेट्रोलिङमा हिँडियो।

साथीहरूबीच घुलमिल हुन थाल्यो। तालिम रमाइलो लाग्दै गयो। पेट्रोलिङ र ड्युटीको अनुभवका लागि तालिम केन्द्र बाहिर निकालेर घुमाउन थालेपछि बाहिरी वातावरण पनि देख्न पाइयो।
गुरुबा वसन्त कुँवर तालिममा मात्र कडा। मिलनसार हुनुहुन्थ्यो। विस्तारै मन बस्दै गयो तालिममा। धन्न भागिएन।

तालिमको क्रममा ब्याचीहरुसँग

तालिम दौरानमा ब्याचीबीच लफडा हुन्छ नै। मारपिट भएका धेरै घटना सुनियो तालिमको बेला। तर, मेरो ब्याचमा त्यस्तो केही भएन। ढाँटेको हैन है। सामान्य विवाद त हुन्थ्यो। तर, १५ महिनाको बसाईमा मनै दुखाउनुपर्ने लफडा भएन।

हाम्रै पालामा तालिम केन्द्रमा हप्तामा एक दिन बार खोल्न थालियो। मस्त पिउने दिन। त्यो बेला म मदिरा खाँदैनथे। साथीहरू खान्थे। मदिरा खाएको बेलामा पनि कहिल्यै लफडा भएन। हाम्रो ब्याचपछिको ब्याचमा बार खुलेको दिन मारपिटै भएपछि बन्दै गर्नुपरेको रहेछ।

ब्याचीविचको मित्रता पछिसम्म कायमै रह्यो। एकै घरका सदस्य जस्तो हुने रहेछ १५ महिनासँगै बस्दा। जो जुन दर्जामा पुगे पनि तँ–तँ चल्ने। एसएसपी तहसम्म सबै साथीहरूबीच निकै मिल्ती थियो। पछि केही साथीहरूको सम्बन्ध चिसो भयो। यसका कारण धेरै छन्। पछि विस्तारमा खोतलौला।

ब्याचका सबैसँग मेरोचाहिँ राम्रो दोस्ती थियो। पछिसम्म पनि सम्बन्ध उस्तै रह्यो। सबैले माया गर्थे मलाई। केशबहादुर शाहीसँगचाहिँ धेरै नजिक भइयो। उनी मेरो नातेदार पनि परे। नातामा उनी हजुरबा, म नाति। उनले पनि भारतमै पढेको। भाषा पनि मिल्यो। स्वभाव पनि मिल्ने। दोस्ती जम्यो। अहिले पनि उस्तै छ हाम्रो दोस्ती। विन्दास !

तालिमको बेलामा अर्को गार्हो काम जुत्ता टल्काउने र कपडा प्रेस गर्ने नै हो। जुत्ता टिलिक्कै टल्कनपथ्र्यो दाँतको छाँया देखिने गरी। जुत्तामा ब्रस गरेर ‘इँ’ गर्दै दात देखाउँदा देखिएन भने सजाय पाइहालियो। मलाई ब्रस गर्न नआउने। केशबहादुर शाही च्याम्पियन। उनले बुट पलिस गरिदिन्थे मेरो पनि।

मेरो भागमाचाहिँ कपडा प्रेस गर्ने पर्यो। प्रेस गर्न पनि गार्हो नि। धार निस्कनपथ्र्यो तर्बुजा नै काट्ला जस्तोगरी। कतै दाग बस्न नहुने। अब सामान्य आइरनले त धार निकाल्न सम्भवै छैन। फलामको आइरनमा कोइला हालेर प्रेस गर्ने हो मरीमरी।

त्यो समयमा इलेक्ट्रिक आइरन दिन गाह्रो थिएन। बुट पलिस त्यसरी टिलिक्कै पार्नुपर्ने पनि हैन नि। यो पनि तालिमको भाग रहेछ। दिएको काम फाइन गर्ने अभ्यास। त्यसले पछिसम्म फाइदै गर्यो।

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा
०००
राजनीतिक हस्तक्षेपले

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। २. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ । ३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन […]

  काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा […]

  काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा मंगलबार बसेको प्रहरीको पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकले प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । कल्याणकारी सुविधा बढाउन लागि कार्यविधि संशोधन गर्न लागिएको हो । कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने […]

error: Content is protected !!