२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा प्रचण्ड-नेपालकाे बन्दको प्रभाव बजार यातायात ठप्प

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

सागर थापा
दाङ २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा देखिएको छ । अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। बजार पनि खुल्न सकेको छैन ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफूट्ट चलेको जानकारी दिएका छन्।

आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गरेको थियो । उक्त समूहका जिल्ला अध्यक्ष टिकाराम खड्का तथा सचिव सुवास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।

जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्। गृह मन्त्रालयले पनि निर्वाद रुपमा सवारी सधान चलाउन तथा कार्यालय, उद्योग ब्यवसाय संचालन गर्न आग्रह गरेको छ । त्यसको सुरक्षाको प्रत्याभुति गर्ने गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर जनाएको थियो। साथै कुनै पनि तोडफोडमा संलग्न रहेमा कार्वाही गर्ने समेच चेतवानी गृह मन्त्रालयले दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]