२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रचण्ड र नेपालका कार्यकर्ताले सडकमै पकाए खाना बसेर खाए !

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

 

ABC Sanchar
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विदादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको प्रचण्ड-नेपाल पक्षले अकस्मात बिहीबारका लागि भनेर देशव्यापी आमहड्ताल घोषणा गरेको हो ।

प्रचण्ड-नेपाल पक्षको आमहड्तालका कारण देशभर नै जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका कार्यकर्ताहरु सडकमा निस्किएका छन् ।

बन्दको अनुगमन गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल आफैं सडकमा निस्किएका छन् ।

बिहान ५ बजेदेखि नै बन्दकर्ताहरु सडकमा निस्किएका थिए । बिहानैदेखि बन्द गर्न निस्किएकाहरु मध्याह्नतिर भने खानपानको व्यवस्थापनमा लागेका छन् ।

केही बन्दकर्ताहरुलाई चिउरा र दालमोठ वितरण गरिएको छ भने केही ठाउँमा बन्दकर्ताले सडकमै खाना पकाएर सडकमा बसेर खाना खाएका छन् ।

प्रचण्ड-नेपाल निकट युवा संघका संयोजक रामप्रसाद सापकोटासहितका बन्दकर्ताले कोटेश्वरमा सडकमै खाना पकाएर खाएका छन् । कोटेश्वर क्षेत्रमा खटिएका बन्दकर्ताहरुका लागि सडकमै खाना पकाइएको उनले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]