ABC Sanchar
काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ।
बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि सभा गर्ने घोषणा गरेका थिए ।
प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए ।
तीन सय मिटर लामो सो डिभाइडर पुन: राख्न मिल्ने खालको भएको उनले बताए । कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने उनले बताए ।